बङ्लो घरको बैठक कोठाको सुन्दरता सिँढीको सुन्दरतामा भर पर्छ। ठाउँअनुसार कस्तो सिँढी बनाउने, कति काठ प्रयोग गर्ने, कति अन्य सामग्री प्रयोग गर्ने विचार पुर्याउनु पर्छ। अनावश्यक मात्रामा काठ धेरै प्रयोग भयो भने त्यसले सिँढीलाई भद्दा बनाउँछ। लागत पनि धैरै बढेर जान्छ। हाम्रो दक्ष र अनुभवी टिमले सुन्दर र प्रयोग गर्न सजिलो सिँढी कसरी बनाउने, कति काठ प्रयोग गर्ने, लागत कसरी कम गर्ने लगायतका सल्लाह तपाईंलाई दिन्छ। त्यसपछि तपाईंको चाहना अनुसार सिँढी डिजाइन गर्छौं।
हामी सिँढीमा सिजनिङ गरिएको उच्च गुणस्तरको सिसौको प्रयोग गर्छौं। त्यसले सुन्दर त बनाउँछ नै, बलियो पनि बनाउँछ। सिजनिङ गरिएको काठ नपसांगिने हुँदा पछि समस्या आउँदैन।
बजार बुझ्नुस्, हामीसँग किन्नुहोस्। मूल्य र गुणस्तरको ग्यारेन्टी हाम्रो जिम्मा। एक पटक हैन, हामी तपाईंसँग सधैंका लागि जोडिन चाहन्छौं।
प्रतिक्रिया दिनुहोस्