हामीसँग सबभन्दा धैरै प्रकारका विदेशी पार्केटहरू छन्। हामीसँग आठवटा विदेशी कम्पनीका पार्केट २४ भन्दा धेरै रङमा उपलब्ध छन्। घर बाहिर प्रयोग गर्न मिल्ने वाटर प्रुफ पार्केट पनि छन्।
तपाईंको कोठालाई कस्तो पार्केटिङ सुहाउँछ, हामी सिफारिस गर्नेछौं। कमसलदेखि बलियासम्म धेरै प्रकारका पार्केट बजारमा पाइन्छन्। हरेक प्रकारका पार्केट कति बलिया छन् भनेर हामी मेसिनले परीक्षण गर्छौं। तिनको गुणस्तर र मूल्यबारे तपाईंलाई खुलस्त भन्छौं, ताकि तपाईंले सोच विचार गरेर निर्णय लिन सक्नुहोस्।
हामी लोकल सिसौको पार्केटिङ पनि बनाउँछौं। हामी सिजनिङ गरिएको काठ प्रयोग गर्छौं। सिजनिङले काठलाई बढी टिकाउ बनाउँछ, पछि गएर पसांगिनबाट जोगाउँछ।
बजार बुझ्नुस्, हामीसँग किन्नुहोस्। मूल्य र गुणस्तरको ग्यारेन्टी हाम्रो जिम्मा। एक पटक हैन, हामी तपाईंसँग सधैंका लागि जोडिन चाहन्छौं।
प्रतिक्रिया दिनुहोस्